Author Archive

घरभाडा सरोकारमा नयाँ वर्षको शुुभकामना र भित्तेपात्रो

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले शनिबार नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेलले अहिले देखिएका घरभाडाका समस्या समाधान गर्न सरोकारवालाको सामूहिक प्रयास हुनुपर्ने बताए । उनले घरधनी र बहालमा बस्ने एकै परिवारका सदस्य जसरी बस्नुपर्ने विचार राखे । घर भाडामा दिनु व्यवसाय भएकाले बहाल कर घरधनीले नै तिनुपर्नेमा उनले जोड दिए । भाडामा लिनेले पनि सम्झौता बमोजिकै प्रयोग गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा चेम्बर… पुरा पढौ

हिमाली क्षेत्रमा एक्लै घुम्न नपाइने, पथप्रदर्शक अनिवार्य

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली अर्थात ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम सुरुआत भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको सुरुआत गरेका हुन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली ९ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम० सुरु गरिएको हो। यो मापदण्ड शनिबारदेखि नै लागू भएको छ । पदयात्री एवं पथप्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न… पुरा पढौ

मिटरब्याज पीडित र सरकारबीच सहमति

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं‌ आइपुगेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ। शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले जानकारी दिए। यस अघि गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने पनि सहमति भएको छ। यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ। ‘मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग… पुरा पढौ

सिंगानामा ६ दिवसिय श्रीपञ्चमी मेलाको तयारी

बागलुङ नगरपालिका-८ सिंगानामा श्रीपञ्चमी मेला संचालन गरिने भएको छ। लामिचौर सामुदायिक बिकास केन्द्रको आयोजनामा आगामी माघ १८ देखि २३ गतेसम्म मेला संचालन हुनेछ। बिबिध प्रतियोगिताहरु,ज्ञानबर्धक, मनोरञ्जनात्मक एवं जनचेतना मुलक कार्यक्रम सहित लामिचौरमा मेला गरिने आयोजक संस्थाका सचिब सुदिप परियारले जानकारी दिनु भयो। मेलामा खुल्ला साविक वार्डस्तरीय पुरुष भलिबल प्रतियोगिता ,छेलो प्रतियोगिता , मा.बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता समाबेस गरिएको छ। यसै गरी भलिबलको प्रथम पुरस्कार नगद ४० हजार ४० तथा दोस्रो पुरस्कार नगद २० हजार २०… पुरा पढौ

भोजनका लागी भजन सन्ध्या,भजनमा रमाउदै मानबसेवा आश्रमलाई २० जनाको सहयोग

सबैका लागि खाना,नाना र छाना भन्ने चाहना सहित क्रियाशिल मानबसेवा आश्रम,बागलुङले शुक्रबार बागलुङ बजारमा भोजनका लागि भजन सन्ध्या कार्यक्रम संचालन गरेको छ।भजन गायक दिनेश बलम्पाकी मगर नेतृत्वको राष्ट्रिय परोपकार भजन संङ्कृतन समुहका कलाकारहरुले बिभिन्न लय तथा भाकामा संगितमय भजन प्रस्तुत गर्नु भएको थियो।सो अवसरमा टेक बहादुर क्षेत्री संगम तथा गुमा शर्माको समुहले स्थानिय भजन प्रस्तुतीकरण गर्नु भएको थियो।भजनमा नांच्दै तथा रमाउदै बिभिन्न महानुभावहरुले मानबसेवा आश्रमलाई सहयोग गर्नु भएको थियो। सडक आश्रित मानवहरुको उध्दार,असहायको भोजनका लागि भजन सन्ध्यामा २० जनाले सहयोग… पुरा पढौ

काठेखोलामा माघेसक्रान्ति मेलाको तयारी

"प्रगतिशिल,सामाजिक, अनुशासन,गतिशिलता र विश्वसनियता कला संस्कृति र पर्यटन बिकासमा हाम्रो प्रतिबद्वता भन्ने मुल नाराका साथ २०६३ सालमा स्थापना भएको प्रगतिशिल युबा कल्ब काठेखोला २ भिमपोखरा बागलुङले आउदो पौष २६ गते बाट माघ १ गते सम्म बिबिध खेलकुद सहित सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । मेलाको अबसरमा खुल्ला साविक वडा स्तरिय पुरूष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता,घैटोफोर प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता लगायत बिबिध सास्कृतिक कार्यक्रमहरू रहेका छन । मेलाको मुख्य आकर्षकहरूमा चर्चित गायक ईश्वर सिैह,अमृता नेपाली ,रेशम,निर्दोश, गणेश पौडेल… पुरा पढौ

शिक्षा मन्त्री पौडेल भन्नुहुन्छ-गणेश मा•बि नमुना बिध्यालयहरु मध्ये पनि नमुना बनोस ।

बागलुङ नगरपालिका -१३ मा रहेको गणेश माध्यमिक बिध्यालयले ४१ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस भब्य समारोह गरी सम्पन्न गरेको छ। २०१४ सालमा सुबेदार नैनसिंह खत्रीको अगुवाईमा स्थानियबासिहरुले स्थापना गरेको बिध्यालय बिभिन्न आरोह अबरोहबीच पुन:२०३७ साल पौष २० गते हालको ठाउंमा स्थापना गरिएको थियो।२०५३ सालमा आधारभूत तह,२०६३ सालमा माबि तह संचालन भयो। २०६५ सालको एसएलसीमा १७ जना मध्ये १७ जनाले नै एसएलसी प्रथम श्रेणीमा उतीर्ण गरेपछी यो बिध्यालयले चर्चा कमाउन थाल्यो।बिबिध कार्यक्रमहरुका बीचमा आयोजित बिध्यालयको बार्षिकोत्सबको उद्घघाटन गर्दै शिक्षा ,बिज्ञान प्रबिधि… पुरा पढौ

नीति,बिचार र नेतृत्वमा बिवाद नभएको पार्टि हाम्रो मात्र हो माओबादी नेताः पौडेल

नेकपा माओबादी केन्द्रका नेता एवं शिक्षा,बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले नीति,बिचार र नेतृत्वमा बिवाद नभएको पार्टि नेकपा माओबादी मात्र रहेको बताउनु भएको छ।मंगलबार बागलुङको नाराणस्थानमा पार्टिका शुभेच्छुक तथा सदस्यहरुसंगको भेटघाट तथा अन्तरक्रियामा बोल्दै नेता पौडेलले मुलुकको राजनितिलाई सहि दिशानिर्देश गरी जनताको चाहना बमोजिमको काम माओबादीले मात्र गर्न सक्ने दाबी गर्नु भयो। भरखर महाधिबेशन सम्पन्न भएको छ।स्थानिय,प्रदेश तथा केन्दीय कमिटिका साथिहरुले उच्च मनोबलका साथ काम गर्ने वातावरण तयार हुदैछ।नेता पौडेलले अगाडी भन्नु भयो -जिल्लाका सबै कार्यालयहरुमा सम्पर्क र समन्वय गरी… पुरा पढौ

गलकोट महोत्सवमा आकर्षण बन्यो हेलिकोप्टर ।

गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७८ पौष १६ गते देखि जारी छ । महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै गएको छ । पौष २६ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ । यसपाली महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत विशेष अफर सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक… पुरा पढौ

बागलुङका भलिबल खेलाडी सम्मानित

स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा विजेता बनेको बागलुङको गलकोट भलिबल टिमका खेलाडीलाई आईतबार बागलुङ बजारमा बिशेष सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समिति, बागलुङ पर्यटन विकास समिति र गलकोट समाज बागलुङले खेलाडीलाई आज सम्मान गरेको हो । सदरमुकाममा आयोजित कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, पर्यटन ब्यवसायी अर्जुन चोखाल लगायतले खेलाडीलाई माला, खादा र टीका प्रदान गरेका थिए । सम्मानित हुनेमा टिम प्रशिक्षक सुरेन्द्र केसी, कप्तान राजु विकसहित खेलाडी मिन सुनार, कुश्मन थापा, प्रकाश सुनार,… पुरा पढौ