भूमिहिनलाई जग्गा बितरण प्रकृयाका लागि छलफल
बागलुङ नगरपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा बितरण सम्बन्धमा शुक्रबार अन्तक्रिया कार्यक्रम आयोजना गरियो ।बागलुङ नगरपालिकाद्धारा आयोजित सो कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एव प्रबक्ता नहेन्द्र खड्का, भूमि आयोग,बागलुङका पदाधिकारीहरु तथा बागलुङ नगरपालिका, सरोकारवाला कार्यालय तथा वडा अध्यक्ष, वडा सचिवहरु लगायत सो बैठकमा सहभागी रहनु भएको थियो ।कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कडेल र नापी शाखा प्रमुख राम प्रसाद शर्माले भूमिहिन र अब्यवस्थित बसोबासीहरुलाई लालपूर्जा बितरण प्रकृयाको बारेमा नगरपालिका र वडा समितिहरुबाट भैरहेका कार्य…
पुरा पढौ
बागलुङ बजारमा श्याउ र केराको मूल्य निर्धारण, दुधको गुणस्तर कायम गर्ने व्यवसायीको प्रतिबद्धता
बागलुङ बजारमा फलफूलको मूल्य बृद्धि तथा दूधको गुणस्तरका सम्बन्धमा गुनासो आएपछी बागलुङ नगरपालिकाले सम्बन्धित ब्यवसायीहरुसंग छलफल गरी मूल्य निर्धारण गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं नगर उप-प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले केरा तथा श्याउको मूल्य निर्धारण गरेको छ । यसै गरी बागलुङ बजारमा विक्री भैरहेको दुधको गुणस्तर कायम गर्न ब्यवसायीहरुलाई बैठकले आग्रह गरेको छ । नगर उप-प्रमुख खड्कले दुध ब्यवसायीहरुलाई दुधको मूल्यसंगै गुणस्तर नतिजाको रिपोर्ट पसलमा सवैले देख्ने गरी राख्न आग्रह गर्नु भयो ।…
पुरा पढौ
स्वच्छ मासु उत्पादन सम्बन्धि बागलुङ नगरपालिकाको अभिमुखिकरण कार्यक्रम
बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मासु व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुलाई स्वच्छ मासु उत्पादन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, बागलुङका कार्यालय प्रमुख डा.ऋषी सापकोटा, बागलुङ नगरपालिकाका अधिकृत युक्तप्रसाद सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शौरभ श्रेष्ठ, बागलुङ नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख मित्रलाल सापकोटाले मासु व्यवसाय संचालन गर्दा व्यवसायीहरुले पालना गर्नु पर्ने मापदण्ड लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।सहभागीहरूलाई स्वच्छ मासु…
पुरा पढौ
बागलुङमा दुधको अनुगमन, देखियो चिल्लो ४.१ तथा चिल्लो बाहेकको ठोस पदार्थ ७.३ प्रतिशत
बागलुङ नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले मंगलबार बागलुङ दुग्ध सहकारीद्धारा बजारमा बितरण हुने दुधको अनुगमन गरेको छ । सहकारीको दुध प्रशोधन स्थल अवलोकन पछि उक्त सहकारीको दुध परिक्षण गर्दा खुला तथा प्याकेटको दुधमा चिल्लो पदार्थ ४.१ प्रतिशत र चिल्लो बाहेकको ठोस पदार्थ ७.३ प्रतिशत रहेको पाइयो । सो अवसरमा पोखराबाट बागलुङ बजारमा बिक्री भैरहेको सफल दुधको पनि परिक्षण गरिएको थियो । सफल दुधको प्याकेटमा चिल्लो पदार्थ ३ प्रतिशत र चिल्लो बाहेकको ठोस पदार्थ ७.३ प्रतिशत…
पुरा पढौ
बागलुङमा अनुदानको मलको मुल्य सूचि पसल पसलमा टासियो
बागलुङ नगरपालिकाले अनुदानको मल विक्रीका लागि नगर क्षेत्रमा मूल्य सूचि निर्धारण गरेपछी त्यसको कार्यान्वयनका लागि सम्पूर्ण विक्रेताहरुमा अनुरोध गरेको छ । कृषकका लागि सरकारले अनुदानका लागि उपलब्ध गराएको मल बितरणका लागि गठित स्थानीय समितिका संयोजक एवं नगर उप प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले केही दिन अगाडी सहकारी तथा एग्रोभेटहरुलाई मल विक्री गर्दा लगाइने मूल्य सूची निर्धारण गरेको थियो ।यसै गरी सो समितिले तोकेको मूल्य सूचि सम्पूर्ण विक्रेताहरुको पसलहरुमा उपभोक्ताहरुले देख्ने गरी टांस गरिएको र तोकिएको मूल्य सुचि अनुसारको विक्री…
पुरा पढौ
बागलुङ नगरपालिकामा अनुदानको मलको मूल्य निर्धारण
कृषकका लागि नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको ब्यवस्थापनलाई प्रभावकारी रुपमा बितरणका लागि गठित स्थानीय समितिले बागलुङ नगरपालिकामा मलको मूल्य सूचि निर्धारण गरेको छ । स्थानीय समितिका संयोजक एवं नगर उप–प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगर क्षेत्रमा मल बिक्रेता र कृषकले पाउने मुल्य निर्धारण गरेको छ ।यसै गरी कृषकलाई आवश्यक पर्ने मल पर्याप्त स्टक रहेको बागलुङ नगर पालिकाले जनाएको छ । हेर्नुहोस मुल्य सूचि यसै गरी सोही बैठकले बागलुङ नगरपालिकाको प्रत्येक वडाहरुमा अनुदानको मल बितरण कार्यलाई व्यवस्थित गरी…
पुरा पढौ
बागलुङमा अनुदानको मलको मूल्य निर्धारण यूरिया २३, डियपी ५२ प्रति किलो
बागलुङ नगरपालिका क्षेत्रमा अनुदानको मल विक्रीका लागि मूल्य तोकिएको छ । अनुदानमा मल बितरण स्थानीय समितिका संयोजक, नगर उप–प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बानपाको वडा नं. १,२ र ३ का लागि यूरिया प्रति किलो २३ रुपैया, डियपी ५२ तथा पोटासको ४० रुपैया निर्धारण गरेको छ । यसै गरी यूरिया प्रति बोरा १ हजार ५०, डियपी प्रति बोरा २ हजार ५ सय तथा पोटासको प्रति बोरा १ हजार ९ सय रहेको छ ।साथै बानपा १३ र १४ का लागि यूरिया…
पुरा पढौ
बागलुङ नगरपालिकाद्धारा १ सय ३१ जनालाई उद्यमी तालिम प्रदान
बागलुङ नगरपालिकाले यस आर्थिक बर्षमा विभिन्न क्षेत्रमा गरी १ सय ३१ जनालाई उद्यम विकास तालिम प्रदान गरेको छ । तालिममा केही संख्यामा पुरुष भए पनि अधिकांश महिलाको सहभागिता रहेको छ ।बानपा–८ मा भएको मौसमी तथा बमौसमी तरकारी खेतीमा २४ जनाको सहभागिता रहेको थियो । सो तालिममा मौसमी तथा बेमौसमी खेती गरिरहेका सहभागि थिए । सो स्थानमा उद्यम संचालनका लागि स्थानियहरुले रुचि देखाएको वडा अध्यक्ष छम बहादुर कार्किले बताउनु भयो ।बानपा–३ मा संचालित डल कुसन र गुडिया बनाउने तालिम सम्पन्न भएको…
पुरा पढौ
सिंगानामा तरकारी एवं टनेल खेती सम्बन्धि तालिम सम्पन्न
बागलुङ नगरपालिकाको आयोजनामा बानपा–८ सिंगाना स्थित गडेलबोटमा ५ दिने मौसमी तथा बेमौसमी तरकारी एवं टनेल खेती सम्बन्धि प्राविधिक सिप बिकास तालिम बुधबार सम्पन्न भएको छ । तालिममा सहभागी २४ जना कृषकहरुलाई नर्सरी तथा टनेल भित्रका विरुवा व्यवस्थापन सम्बन्धि सैद्धान्तिक र प्राक्टिकल कक्षा संचालन गरिएको थियो ।तालिमका सहभागी प्रशिक्षार्थि कृषकहरुलाई नगर उप–प्रमुख राजु खड्का, वडा अध्यक्ष छम बहादुर कार्कि, सहजकर्ता दिपक सुवेदी लगायतले प्रमाण पत्र, विउं तथा टनेल प्लाष्टिक वितरण गर्नु भयो ।कार्यक्रममा उप–प्रमुख खड्काले सुन्तलाले सिंगानाको पहिचान दिन थालेको अवस्थामा…
पुरा पढौ
बागलुङ नगरपालिकामा ३ दिने च्याउ खेती तालिम
बागलुङ नगरपालिकाले आइतबार देखि ३ दिने व्यवसायिक च्याउ खेती तालिम शुरु गरेको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले च्याउ खेती तालिम पछी सहभागीहरुलाई व्यवसायिक रुपमा योजना बनाएर काम गर्न आग्रह गर्नु भयो । उहांले बागलुङ नगरपालिकालाई तरकारीको आत्मनिर्भर नगरको रुपमा स्थापित गर्न प्रयास भैरहेको समयमा यो तालिमले थप योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा नगर उप–प्रमुख राजु खड्काले घरमै बसेर सानो क्षेत्रफलमा गर्न सकिने च्याउ खेतीबाट हामीले मनग्य फाइदा लिन सकिने सम्भावना रहेको…
पुरा पढौ