बैँक / वित्त

बलेवा एकता सहकारीको १३ औं बार्षिकोत्सव सम्पन्न

बलेवा एकता बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सोमबार नारायणस्थानमा सम्पन्न भएको छ । सहकारीको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप- प्रमुख राजु खड्काले सहकारी सस्थाहरुले सहकारी शिक्षामा विशेष जोड दिदै वित्तिय साक्षरता, बचत, ऋण आदीका बारेमा शेयर सदस्यहरुलाई पर्याप्त जानकारी दिदै सहकारीप्रतिको गलत बुझाइलाई आफ्ना सदस्यहरु मार्फत आम जनतामाझ प्रस्ट पार्नु पर्ने बताउनु भयो । केही सहकारीहरुको कमजोरीका कारण सहकारी क्षेत्रमा समस्या आए पनि बलेवा एकता सहकारीले सदस्यहरुलाई विश्वासमा लिएर सस्थागत रुपमा काम गरिरहेको उल्लेख गर्दे… पुरा पढौ

सहकारीबाट लगेको ऋण चुक्ता गर्न बागलुङ नगरपालिकाको आग्रह

बागलुङ नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने तथा नगरपालिकाको क्षेत्र भित्र कार्यरत प्रदेश तथा संघको नियमन क्षेत्रका सम्पूर्ण सहकारीका ऋणी सदस्यहरुलाई बिहिबार सूचना प्रकासित गरि आफुले लिएको ऋणको सावां, व्याज रकम चुक्ता गरी असल ऋणीको पहिचान बनाउन आग्रह गरेको छ । सस्थामा बचत गर्ने सदस्यहरुको रकमबाट नै कर्जा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमै ऋण चुक्ता नगर्दा बचत फिर्तामा समस्या पैदा हुने, ऋणी सदस्यले समयमै ऋण चुक्ता नगरे कालान्तरमा आफ्नै लागि प्रत्युत्पादक हुने सुचनामा उल्लेख गरिएको छ । हेर्नुहोस सूचना पुरा पढौ

सहकारी संस्थाहरुका लागि सचेतना कार्यक्रम

बागलुङ नगरपालिका क्षेत्रमा रहेका सहकारीहरुका लागि २ दिने सचेतना कार्यक्रम संचालन गरिएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ९५ सहकारीका संचालक तथा कर्मचारीहरु सहभागी रहेका छन ।कार्यक्रममा नगर उप–प्रमुख राजु खड्काले बागलुङको सहकारी आन्दोलनलाई एउटा परिणाममा पु–याएर निरन्तर बचाउनु पर्नेमा जोड दिनु भयो । बिगतमा वित्तिय साक्षरता र सहकारी शिक्षामा गरिएको लगानीको गम्भिर समिक्षा गर्दै स्वनियमन र सहकारीको सिद्धान्तलाई व्यापक बहस र छलफलको बिषय बनाउनु पर्ने बताउनु भयो ।नगरस्तरिय सहकारी संघ गठनसंगै अनुगमनलाई नियमित र प्रभावकारी रुपमा संचालन गरिने… पुरा पढौ

सेञ्चुरी बैकद्धारा विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम

सेञ्चुरी कमर्सियल बैंक बाग्लुङ शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।बाग्लुङ -३ मा रहेको श्री कालिका कन्या मन्दिर मा बि का कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन र बचत सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा विद्यार्थी, कर्मचारीसहित ७० जनाको सहभागिता थियो । ग्लोबल मनि विक’ हरेक मुलुकका किशोर किशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वको बारेमा जागरण ल्याउने उद्येश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह सन्… पुरा पढौ

तमानमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीमा रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो ।स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरीदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो ।गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जो–कोहीले पनि तमानखोलामा रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले तिर्ने भएको छ… पुरा पढौ

एटीएम तोडफोड गर्ने युवा पक्राउ

मनिष कडेल /सुनसरीको प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ तोडफोडमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाएर रकम चोरीको प्रयास गर्ने राजावासका २७ वर्षिय सरोज राईलाई प्रकाशपुर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार राईलाई प्रहरी चौकी प्रकाशपुरका प्रहरी सहायक निरीक्षक संजिव अधिकारीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट बुथबाट चोरी भएको सीसी क्यामेरा समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला… पुरा पढौ

जिल्ला सहकारी संघ, बागलुङको अधिवेशन सम्पन्न, अध्यक्षमा जि.सी

जिल्ला सहकारी संघ लिमिटेड, बागलुङको १३ औं बार्षिक साधारण सभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । सभाको संघिय सांसद मन कुमारी जिशीले उद्घाटन गर्नु भएको थियो ।सभाले हुमा कुमारी जि सी अन्जुको अध्यक्षतामा नयां कार्य समिति सर्बसहमतिबाट चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पिङ्गला जिसी, सचिब दुर्बल राजभण्डारी, कोषाध्यक्ष लक्षण पुन चयन हुनु भएको छ । यसै गरी सदस्यहरुमा चिनिमाया काला मगर, खिम कार्कि, लिला खड्का,युक्तजंग राजभण्डारी ,जगन्नाथ सापकोटा, शिब कुमारी खत्री, बृहस्पति कडेल चयन हुनु भएको… पुरा पढौ

एकताको अध्यक्षमा पुन शर्मा चयन

एकता सहकारी संस्था लिमिटेड, बागलुङको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १३ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको छ । नव गठित समितिमा ध्रुव प्रसाद शर्मा अध्यक्षमा पुन चयन हुनु भएको छ ।यसै गरी उपाध्यक्षमा युवराज राजभण्डारी, सचिव महेन्द्र कडेल, सह–सचिव सुनिता पुरी, कोषाध्यक्ष पवन राजभण्डारी चयन हुनु भएको छ । सदस्यहरुमा खगराज शर्मा, हरीराम अधिकारी, बाबुकाजी केसी, कृष्णराज शर्मा, सिर्जु राजभण्डारी, कल्पना श्रेष्ठ, सानु भारी, सिताकुमारी के सी चयन हुुनु भएको छ ।लेखा समितिको संयोजकमा… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ