धर्म/ज्योतिष

स्व. चोखालको स्मृतिमा माओबादी केन्द्र,बागलुङद्धारा श्रद्धाञ्जली सभा

नेकपा माओबादी केन्द्रका संगठित सदस्य एवं समाजसेवी रत्न बहादुर चोखालको ९औं पुन्यतिथिका सन्दर्भमा माओबादी केन्द्रका नेताहरुले शुक्रबार चोखाल निवास गल्कोट नगरपालिकाको मल्ममा पुगेर श्रद्धान्जली सभा सम्पन्न गरेका छन । सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु हरी अधिकारी, बलावती शर्मा, गोविन्द पौडेल, धन प्रसाद सापकोटा, फमलाल निउरे प्रदेश सांसाद कुसुम बुढा, ताराखोला गाउंपालिका अध्यक्ष हिमाल बि.क, बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का लगायत जिल्ला, पालिका तथा वडा समिति तथा जबज र मोर्चामा आबद्ध रही विभिन्न जिम्मेवारीमा रहेका नेताहरु, जन प्रतिनिधीहरु, शुभेच्छुक आदीको… पुरा पढौ

कल्याण शेरचनको जन्म जयन्तीमा मानव सेवा आश्रमलाई सहयोग

पोखरा, १२ साउन/केपि कुमार जलनकल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराले अग्रज श्रष्टा, साधक तथा शिल्पी स्वर्गिय कल्याण शेरचनको ७७ औं जन्म जयन्तिको सन्दर्भमा शुक्रबार मानव सेवा आश्रम पोखरा २५ हेमजालाई सहयोग प्रदान गरेको छ ।कार्यक्रममा खाद्यन्य, सरसफाई सामाग्री सहित २० हजार बराबरको सहयोग प्रदान गरिएको प्रतिष्ठानका कार्यसमितिका सदस्य तुलसी क्षत्रीले जानकारी दिइन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, कार्यसमितिका सदस्य शिवहरि ढुंगाना मानव सेवा आश्रमका अभियन्ता मदन थापाले नेपाली गीत संगीत तथा लोक संस्कृतिलाई अहिलेको अवस्थामा ल्याउन कल्याण शेरचन जस्ता श्रष्टाको… पुरा पढौ

बागलुङ कालिका र चैत्राष्टमी मेला

बागलुङ कालिका मन्दिर धार्मिक आस्थाको केन्द्र त हुदै हो, साथै ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक रुपमा पनि यो मन्दिरको विशेष महत्व रहि आएको छ । सोहौं शताव्दीको अन्त्यतिर करिव १५९१ सालताका कालिका मन्दिर स्थापना भएको मानिएको छ । पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुकुन्दसेनकी राजकुमारीसंग बिवाह हुदा पाल्पाको सेनदरवारबाट ल्याइएको देवीको मुर्ति हालको कालिका मन्दिर भएको स्थानमा प्रतिष्ठा गरिएको बताइएको छ ।श्रृतिस्मृति अनुसार पाल्पाली राजुकुमारी कालिका देवीकी अनन्य भक्त थिइन । उनले दरवारमा नियमित देवीको सेवा गर्थिन । राजकुमारीले… पुरा पढौ

सकियो, ‘रत्नेचौर धार्मिक महोत्सव’ ३१ लाख आय

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा संचालित ‘रत्नेचौर धार्मिक महोत्सव’ सम्पन्न भएको छ ।परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित लक्ष्मीहरी मन्दिरमा गत फागुन २३ गतेदेखि संचालन भएको रत्नेचौर धार्मिक महोत्सव ३१ लाख बढि आर्थिक संकलन गर्दै सकिएको हो ।रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि आयोजना गरिएको महोत्सवबाट ३१ लाख सत्तरी हजार १ सय ३ सहयोग संकलन भएको आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी बोगटीले बताउनुभयो ।संकलन भएको रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन… पुरा पढौ

योगिनी अवतारकी भगवती, योगिनी (काप्रे) भगवती मन्दिर (जानकारी)

ॐ श्री परमात्मने नमः श्रीयोगिनी देव्यै नमः योगिनी भगवती मन्दिर१. पृष्ठभूमि : योगिनी भगवती मन्दिर ऋषि महर्षिहरुको तपोभूमि शालग्राम प्रवाहिनी श्रीकालीगण्डकी नदीदेखि ६ कि.मि र प्रसिद्ध कालिका भगवती मन्दिरबाट करिव ५ कि. मी पश्चिममा अवस्थित छ । ऐतिहासिक स्थल माझकोट, कारिकोट, संसारकोट क्षेत्रको दक्षिण भाग तथा सर्वसिद्धिधाम पञ्चकोटको दक्षिण पश्चिममा रहेको यस स्थान धार्मिक दृष्टिले अत्यन्त महत्व राख्दछ ।योगिनी भगवती शीला स्वरुप स्वयं उत्पत्ति भएको विश्वास गरिएको स्थलमा हालको मन्दिर निर्माण गरिएको छ । देवीका विभिन्न स्वरुप मध्ये कालिका भगवती,… पुरा पढौ

गलेश्वरमा शिवरात्रीको दिन साढे तीन लाख भन्दा बढी भेटी संकलन

प्रमुख धार्मिक पर्यटकीय स्थल बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिन साढे तिन लाख भन्दा बढी भेटी संकलन भएको छ ।महाशिवरात्रि पर्वको अवसरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी बुधबार सार्वजनिक गरिएको छ ।गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले महाशिवरात्रिको दिन तिन लाख ५३ हजार ८७ भेटी संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहवरमा भेटी गनिएको हो । संकलित भेटी कोषको खातामा जम्मा गरिने भएको छ ।म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका… पुरा पढौ

बागलुङको कुंडुलेमा आध्यात्मिक राष्ट्रिय युवा सम्मेलनको तयारी

बा.न.पा ४ स्थित तिरुपति बालाजीधाम, कुडुले फेदीमा आगामी चैत्र ३,४ र ५ गते श्रीबैष्णव युवा परिषद नेपालको राष्ट्रिय सम्मेलन हुने भएको छ । परिषदका केन्द्रिय अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार चैत्र ३ गते परिषदको उद्घाटन, छलफल, आध्यात्मिक चर्चा र चिन्तन तथा आंखा शिविर संचालन हुनेछ । ४ गते बन्द सत्र हुनेछ । यो दिन समसामयिक परिस्थिति लगायत, आध्यात्मिक विषयमा विशेष छलफल हुनेछ । ५ गते समापन कार्यक्रम घोषणा हुनेछ ।हाल बैष्णव युवा परिषदको २० जिल्लामा शाखा रहेका छन । परिषदमा… पुरा पढौ

शिवरात्रीको अवसरमा शिवध्वजारोहण तथा स्नेह मिलन

ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एबं राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय बागलुङले महाशिवरात्रीको अवसरमा आध्यात्मिक प्रवचन शिवध्वजारोहण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।सो अवसरमा ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रिय कार्यालय प्रमुख ब्रम्हाकुमारी सावित्री दिदीले शिव महिमाबारे धार्मिक प्रवचन दिनुभएको थियो । कार्यक्रमा बोल्दै पुर्व राज्य मन्त्री चम्फादेबी खड्काले समाजलाई असल मार्ग तर्फ लैजानका लागि आध्यात्मिक चिन्तन आवश्यक पर्ने बताउनुभयो ।कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरोशोत्तम सापकोटा, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराई, नेपाली काँग्रेश बागलुङका पार्टी सभापति… पुरा पढौ

शिवरात्रीको रौनक, ८० बर्ष पुरानो तित्याङको शिव मन्दिरमा पनि देखियो

महाशिवरात्रीको विषेश सन्दर्भमा देश भरका शिव मन्दिरहरुमा भक्तजनहरुको उपस्थिति देखिएको छ । घर नजिक भएका शिव मन्दिरमा सरसफाई, रङ्ग रोगनमा केही दिन देखिनै सक्रियता देखिएको थियो । साथै शिवरात्रीको समयमा प्रसाद तयार गरी भक्तजनहरुलाई बितरण गर्ने, भजन किर्तन आदीमा पनि समाजिक व्यक्तित्वहरुको सक्रियता राम्रै देखिएको छ ।यसै सिलसिलामा बानपा ९ स्थित साल्वोटमा सन १९९८ मा निर्माण गरी २००१ मा विधिवत रुपमा शिव भगवानको मूर्ति राखि प्राण प्रतिष्ठा गरिएको शिव मन्दिर रहेको छ । नियमित नित्य पूजा भैआएको यो मन्दिरमा शिव… पुरा पढौ

गौरीधाम शिव मन्दिरमा भक्तजनहरुको भिडभाड

महाशिवरात्रीको विषेश अवसरमा बानपा ४ स्थित गौरीधाम शिवमन्दिरमा बिहानै देखि शिवभक्तहरुको उल्लेख्य उपस्थिति देखिएको छ । सबेरै स्नान गरी भक्तजनहरुले शिवलिङ्गमा विशेष पुजा आजा गरी अर्घ अर्पणा गरेको देखिन्छ । नानाथरीका फूलप्रसादी, फलफूल, गाईको दूध,जल सहित भक्तजनहरु लाइनबद्ध भएर पुजा अर्चना गरिरहेको देखिन्छ मन्दिरको अग्रभागमा भजन किर्तन चलिरहेको छ । शिबभक्तहरुको नाचगानले मन्दिर क्षेत्रको वातावरण निकै रमाइलो देखिन्छ । निकै हर्षित मात्रमा युवा युवतीहरु मन्दिर प्रवेश गरेको देखिन्छ ।शिवशात्रीको अवसरमा मन्दिरमा सरसफाई गरिएको छ । स्वंयम सेवक तथा सुरक्षाकर्मिहरुको सक्रियता… पुरा पढौ