धर्म/ज्योतिष

आज महाशिवरात्री। शिव पूजा, धुनी जगाएर मनाइदै

आज महाशिवरात्री । फागुन कृष्ण चतुर्दशी, ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन । चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ। यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ ।शिवजी उत्पत्ति हुनुभएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा समेत वर्णन गरिएकोले यस पर्वको निकै ठूलो महत्व छ… पुरा पढौ

बिहुंमा लामिछाने बन्धुहरुले बनाए ३२ लाखको लागतमा बाटो, चौतारी, पोखरी

लामिछाने बन्धुहरुले आफ्ना कूलपितृको सम्झनामा ३२ लाख ५२ हजारको लागतमा सामाजिक सेवा क्षेत्रमा पूर्वाधार निर्माण गरेका छन । बागलुङको काठेखोला गाउंपालिका वार्ड नं.६ देखि भिमसेन क्याम्पससम्म १ हजार ४ सय मिटर (७ सय ५८ सिंडि सहितको) पदमार्ग, प्रवेशद्धार, चौतारी पोखरी, खानेपानी ट्याङ्की, गर्गचार्य ऋषिको सालिक निर्माण सहित १ सय ५१ बरपिपल रोपण गरिएको निर्माण समितिका संयोजक जव्वर बहादुर लामिछानेले बताउनु भयो ।गर्ग गोत्रिय लामिछाने बन्धु समाजले नेपाल रेडक्रस सोसाइटी, बागलुङका अध्यक्ष एवं भिमसेन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका… पुरा पढौ

आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानी ब्रत समापन गरिदै

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ ।हरेक दिन नछुटाइ पढ्ने र सुन्ने गरिएको स्वस्थानी ब्रतकथाको समापनका लागि अन्तिम दिन साङ्गे गरिन्छ । स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनौ साङ्गे गर्ने चलन छ ।एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ रोटी, १०८ अक्षता विभिन्न… पुरा पढौ

अर्थ मन्त्री बरालद्धारा पर्बतको बनौंमा बौद्ध बिहारको सिलन्यास

जलजला गाउपालिका वार्ड नं.९ स्थित बनौंमा बौद्ध बिहार बन्ने भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले बिहीबार एक समारोहका विच सो बिहारको सिलन्यास गर्नु भएको छ । करिब १ करोडको लागतमा बन्न लागेको बिहारका लागि प्रदेश सरकारले ५ लाख उपलब्ध गराएको छ । बाकी रकम सरकार तथा स्थानीय समुदायहरुको सहभागितामा पुरा गरिने स्थानिय सोम जिशीले जानकारी दिनु भयो । बनौंमा अधिकांश बौद्ध मार्गिहरुको बसोबास रहेको छ । सिलन्यास समारोहमा अर्थ मन्त्री बरालले बिहारका लागि थप बजेटका लागि पहल… पुरा पढौ

भजन संरक्षणका लागी आर्थिक अभियान

जिल्ला भजन संरक्षण समिति, बागलुङले परम्परागत भजन संस्कृति संरक्षण तथा प्रबर्धनका लागी आर्थिक अभियान शुरु गरेको छ । स्थानिय भजनको संरक्षणका लागी मुख्य रुपमा बाद्य बाधनका सामाग्रीहरुको अभाव भएकाले आर्थिक अभियान चलाइएको जिल्ला भजन संरक्षण समितिका अध्यक्ष संगम के.सीले कालिका दर्शनसंगको कुराकानीमा बताउनु भयो ।तत्काल बाद्य बाधनका सामाग्रीको अभाव भए पनि पुराना लोक भजन बचाउनका लागी प्रशिक्षण केन्द्र नै स्थापना गरी नयां पुराना पुस्तालाई जोडेर अगाडी बढ्ने तयारी समितिले बनाएको छ ।बागलुङमा गाउं ठाउं अनुसार धेरै लय भाकाका राम्रा भजनहरु… पुरा पढौ

आजबाट श्रीस्वस्थानी ब्रत शुरु

पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक हिन्दु धर्मावलम्बीको घरघरमा श्रीस्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे, कथा भने वा सुने मात्र सम्पूर्ण मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने परम्परा छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा… पुरा पढौ

बागलुङमा बन्ने भयो सुविधा सम्पन्न बृद्धाश्रम

बागलुङ नगरपालिका–४ को निर्णयघाटमा बृद्धाश्रम निर्माण हुने भएको छ । संघिय सरकारको विशेष अनुदान रकम २ करोड ५७ लाखको लागतमा १४ कोठा सहितको सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण प्रकृया अगाडी बढेको छ । शनिबार बिहान बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बृद्धाश्रमको सिलान्यास गर्नु भयो । ३ तले बृद्धाश्रमको योजना तयार गरिएको भए पनि यसै बर्षको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भुइ तलाको ठेक्का लगाइएको इन्जिनियर मनोज शर्माले जानकारी दिनु भयो । ६ हजार ४ सय ४६ स्क्वायर फिटको… पुरा पढौ

आज माघे सङ्क्रान्ति

नेपालका महत्वपूर्ण चाडपर्वहरु मध्ये माघे सङ्क्रान्ति पनि एक हो । माघ महिनाको पहिलो दिन सङ्क्रान्ति ज्योतिष शास्त्र अनुसार यो दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले मकर सङ्क्रान्ति भनिएको हो । यद्यपि सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक हिसावले निकै महत्वपूर्ण मानिने चलन रहेको छ । किरांतहरुले नयां बर्षको रुपमा मनाउने यो दिनलाई माघी नामले पनि चिनिने गरिन्छ । आजको दिन पवित्र नदीहरुमा स्नान गरी पुजा आराधना गर्ने गरिन्छ ।… पुरा पढौ

संसारकोटमा मन्दिर निर्माण गरिदै

बागलुङ नगरपालिका-७ मा रहेको पर्यटकिय गन्तब्य संसारकोटमा मन्दिर तथा सत्तल निर्माणका लागी स्थानिय समुदायहरुले सक्रियता बढाएका छन। संसारकोट मन्दिर संरक्षणका लागी संघिय सरकारबाट १० लाख रकम बिनियोजन भएकाले शुक्रबार बसेको भेलाले योजना सम्झैता तथा निर्माण कार्यका लागी धन बहादुर कार्किको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको छ। समितिमा सचिब सिता कुमारी पोखरेल कार्कि,कोषाध्यक्ष श्याम बहादुर कार्कि तथा सदस्यहरुमा पुर्ण प्रसाद गैरे,नन्दलाल पाध्या,गणपति निउरे, उजेली कार्कि,शोबिता कार्कि,गणेश कार्कि रहेका छन।यसै गरी अनुगमन तथा सुपरिबेक्षण समितिमा संयोजक जय बहादुर कार्कि,सदस्य पदम बहादुर… पुरा पढौ

राष्टियस्तरको शालिग्राम भजन महोत्सबको तयारी

बागलुङ नगरपालिका-४ कुडुले फेदीमा राष्टियस्तरको भजन महोत्सव हुने भएको छ। आगामी मंसिर महिनाको २२ देखि २८ गतेसम्म सात दिवसिय भजन महोत्सवको तयारी थालिएको कालिका भगवति गुठीका निबर्तमान अध्यक्ष एवं भजन महोत्सवका संयोजक राजु खड्काले जानकारी दिनु भयो। बागलुङको कुडुले फेदीमा रहेको तिरुपति बालाजी धाम, मुक्तिनाथ बेदबिध्याश्रम,शालिग्राम संग्रालयको प्रबर्धन,प्रचार प्रसार तथा धार्मिक पर्यटन बिकासका लागि बिविध मनोरन्जनात्मक,सन्देस मुलक कार्यक्रमका साथ भजन महोत्सब गर्न लागिएको संयोजन खड्काले कालिका दर्शनलाई बताउनु भयो। लामो समय कोबिटले पारेको प्रभाबबाट आम नागरिक पुरानो अबस्थामा फर्कने क्रममा… पुरा पढौ