गण्डकी सेरोफेरो

बेलायत बाट संचालित गोर्खा मिडियाको तेस्रो बार्षिकोत्सब सम्पन्न

गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमले तेस्रो वार्षिकोत्सव अवसरमा आइतबार अल्डरसटमा विशेष समारोह सम्पन्न गरेको छ । सुसी मोटो रेस्टुरेन्टमा १७ सेप्टेम्बर दिउँसो आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाटले उद्घाटन गर्दै सत्य, तथ्य तथा पारदर्शीरुपमा गोर्खा मिडियाले समाचार तथा भिडियो सम्प्रेषण गर्दै आएको बताए । उनले समाजलाई अग्रगामी बनाउन मद्दत पुग्ने गरी ठूलो समुदाय गोर्खाको प्रतिनिधित्व गोर्खा मिडियाले गरेको भन्दै आगामी दिनमा पनि अझ सफलताको शुभकामना दिए । बीजीडब्लुएसका अध्यक्ष मेजर… पुरा पढौ

बागलुङमा सांङ्केतिक भाषाहरुको दिवस मनाइयो

आज अन्तराष्ट्यि सांङ्केतिक भाषाहरुको दिवस । बागलुङ बहिरा संघको आयोजनामा छैठौ सांङ्केतिक भाषााहरुको अन्तर्राष्टिय दिवस बागलुङ बजारमा पनि मनाइयो । संसार, जहां बहिरा नागरिकहरुले जहिले पनि सङ्केत गर्न सक्छन भन्ने नाराका साथ प्रभात फेरी सहित लोकतान्त्रिक चोकमा पुगी कोण सभा गरिएको थियो ।सो कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले सांङ्केतिक भाषा सवैका लागि जरुरी रहेको बताउदै यो भाषाले सवैको मन जोड्ने बताउनु भयो । सांङ्केतिक भाषाका लागि गत बर्ष पनि नगरपालिकाले तालिम संचालन गरेको र यो बर्ष पनि… पुरा पढौ

नेपाल छोडने दिन आयो भन्दै परिवार संगै अमेरिका उडे गायक ईश्वर बाबु

केपि कुमार जलन/ नेपाल छोडने दिन आयो गित सार्वजानिक संगै गायक मोडल ईश्वर बाबू परिबार संगै अमेरिका उडेका छन , उनले समाजिक संजालमा आफु अमेरीका जान लागेको नखुलाय पनि उनको पारीबारीक स्रोतले बिदाई गर्दाको एक भिडियो किलिप टिकटकमा निकै भाईरल बनेको छ , परिबार संगै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थालमा बिदाई गर्दा उनको परिबार संगै चर्चित गायक खेम सेञ्चुरी , गायिका शर्मिला गुरूङ, जानुका तामाङले टीका खादा संगै रूदै गरेको एक कारूणिक भिडियो भने देख्ना सकिन्छ , उनले आफु अमेरीका यात्रा गर्दाको… पुरा पढौ

मालिका कप भलिबलको उपाघि गौडाकोट युवा क्लबलाई

हरितालिका तीजको अवसरमा मालिका मन्दिर परिसरमा संचालन भएको भलिबल प्रतियोगिताको उपाघि गौडाकोट युवा क्लब बानपा ३ ले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आयोजक मालिका युवा क्लबलाई दोस्रो स्थानमा धकल्दै गौडाकोटले उपाधि जितेको थियो । काठेखोलाको मिर्मिरे युवा क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।बिजयी गौडाकोटका खेलाडीहरुले नगर ५१ हजार सहित कप पदक र प्रमाण पत्र प्राप्त गरेका छन । यसै गरी दोस्रो हुने मालिकाले २५ हजार तथा तेस्रो हुने मिर्मिरेले नगद १० हजार प्राप्त गरेका छन ।… पुरा पढौ

सुप्रियाको गायिका बन्ने ईच्छा

केपि कुमार जलन/बागलुङ नगरपालिका बडा नं ६ लङगाँउ २०६२ सालमा आमा पम्फा नेपाली र बाबा बाबुराम नेपालिको कोखबाट जेष्ठ सुपुत्रीको रूपमा जन्मिएकी सुप्रिया नेपाली अहिले गायिका बन्ने ईच्छा संगै संगितमा लाग्ने चाहना ब्याक्त गरेकि छिन् । बागलुङ सदरमुकाम रहेको डिग्निटी कलेज बागलुङबाट कक्षा १२ उत्तीर्ण गरेकि सुप्रिया बिधालयको बार्षिकोत्सब मात्र नभई अन्य कार्यक्रममा पनि आफ्नो गायन प्रस्तुति पस्किदै आएकि थिईन , उनले बाल्यकाल देखि नै गित गाउन थालेको र घरमा खालि समयमा गुन गुनाउने र बिस्तारै आफ्नो स्वर साथि भाइ… पुरा पढौ

धवीमाविको ६० औं बार्षिकोत्सवः शिक्षक र कर्मचारीलाई राजनीतिमा नजोडिन उप-प्रमुख खड्काको आग्रह

२०२१ सालमा स्थापना भएको धौलागिरी वीरेन्द्र माध्यामिक विद्यालय, रात्माटा बागलुङले स्थापनाको ६० औं बार्षिकोत्सव एवंम् अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक भूमिराज शर्मा गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थिको औषत सिकाई उपलब्धी ७१ रहेको जानकारी दिनु भयो । प्रावि तहमा ८२, निमावि तहमा ६७, मावि तहमा ७३ र उमावि तहमा ६१ औसत उपलब्धी रहेको बताउनु भयो ।विद्यालयमा कुल ३३ शिक्षक र ३ सय ३२ विद्यार्थि रहेका छन । बिद्यालयको अल्पकालिन र दीर्घकालिन योजनाबारे उल्लेख गर्दै प्रअ… पुरा पढौ

मालिकामा तीज मेलाः छेलोमा पुरुष तर्फ बिजय, महिलामा सरस्वती प्रथम

नेपाली महिलाहरुको महानपर्वको रुपमा रहेको हरितालिका तीजको सन्दर्भमा मालिका मन्दिर परिसरमा लाग्दै आएको तीजी मेलाले यस बर्ष पनि निरन्तरता पाएको छ । मेलाको उद्घाटनको अवसरमा बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्काले मालिका मन्दिर व्यवस्थापन समितिलाई सक्रिय बनाएर मन्दिरको गुरु योजना तयार गरी स्थानिय समुदाय सहितको सहभागितामा मालिका मन्दिरको विकास, व्यवस्थापन र प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिनु भयो । उप प्रमुख खड्काले मन्दिरको विकास र प्रचार प्रसारका लागि तीज मेलाको विशेष महत्व रहेकाले मेलालाई निरन्तरता दिनु पर्ने बताउदै मन्दिरको बृहत्तर… पुरा पढौ

प्रतिष्ठान बागलुङको सकियो तिजिमेला बिधालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि अमर आदर्शलाई

केपि कुमार जलन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको आयोजनामा नेपाली महिला दिदी बहिनीहरुको महान चाड हरितालिका तीजको अबसरमा आयोजित तीज मेला २०८० को जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले उद्वघाटन तथा मुल समारोह गण्डकी प्रदेश सभाका उप सभामुख माननीय बिना कुमारी थापाको प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ । २ दिन सम्म बागलुङ बजारको समिट चोकमा आयोजित तिज मेला २०८० मा खुल्ला तिज गित प्रतियोगिता , बिधालय स्तरीय नृत्य प्रतियोगिता सहित… पुरा पढौ

गृह जिल्लामा गायिका श्रिपाली सम्मानित

केपि कुमार जलन, बागलुङ/ हाम्रो कला संस्कृती गौरब र सान कलाकर्मिको उत्थानको लागि हाम्रो अभियान भन्ने मुल नारा सहित २०७८ सालमा स्थापना भएको राष्ट्रिय संगितकर्मि संघ म्याग्दीले महिलाहरुको महान पर्व हरितालिका तीजको को पावन अवसरमा महिला अधिकार बाल बिबाह न्युनिकरण तथा समसामयिक बिषयमा आधारीत एकल खुल्ला जिल्ला स्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८० बेनि बजारमा सम्पन्न गरेको छ Iसंघले आयोजना गरेको कार्यक्रममा गृह जिल्ला म्याग्दि बेनि नगरपालिका ३ भकिम्ली निबासि चर्चित गायिका अमृता श्रिपाललाई सम्मान गरिएको छ… पुरा पढौ

गायिका सिता परियारको पहिलो बैदेशिक सांगितिक कार्यक्रम जापानमा

केपि कुमार जलन/लोक दोहोरी गायिका सीता परियार सांगितक कार्यक्रमको लागि पहिलो पटक जापन प्रस्थान गरेकी छिन,उनलाई उनका श्रिमान गायक पुर्ण परियारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बाट बिदाई गरेका छन ,लामो समय संगितमा निरन्तर लागेकि परियारको यो पहिलो बिदेश कार्यक्रम हो उनको लागि यो सबैभन्दा खुसिको पल हो, पछिल्लो समय लाईभ दोहोरीमा निकै खोजि हुने गरेको गायिका परियारका लाईभ दोहोरी युटुबमा छ्याप छ्याप्ती भेटिन्छ l गल्कोट समाज जापनले टोकियोमा आयोजना गरेको तिज विशेष कार्यक्रम २०२३ सेप्टेम्बर १८ तारिक टोकियोमा भब्य रूपमा सम्पन्न… पुरा पढौ