म्याग्दी

गृह जिल्लामा गायिका श्रिपाली सम्मानित

केपि कुमार जलन, बागलुङ/ हाम्रो कला संस्कृती गौरब र सान कलाकर्मिको उत्थानको लागि हाम्रो अभियान भन्ने मुल नारा सहित २०७८ सालमा स्थापना भएको राष्ट्रिय संगितकर्मि संघ म्याग्दीले महिलाहरुको महान पर्व हरितालिका तीजको को पावन अवसरमा महिला अधिकार बाल बिबाह न्युनिकरण तथा समसामयिक बिषयमा आधारीत एकल खुल्ला जिल्ला स्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८० बेनि बजारमा सम्पन्न गरेको छ Iसंघले आयोजना गरेको कार्यक्रममा गृह जिल्ला म्याग्दि बेनि नगरपालिका ३ भकिम्ली निबासि चर्चित गायिका अमृता श्रिपाललाई सम्मान गरिएको छ… पुरा पढौ

म्याग्दीकी मिना बिकलाई आर्थिक अभाबको कारण उपचारमा समस्या

केपि कुमार जलन,बागलुङम्यााग्दी बेनि नगरपालीका २ ज्यामरूककोट कामुनाखर्क म्याग्दि निवासि बर्ष ३२ कि मिना बिक सुनार यति बेला अस्पतालको बेडमा लडि रहनु भएको छ , दुई छाक टार्न ज्याला मजदुरी गरेर आफ्ना छोरा छोरीलाई हुर्काउदै आउनु भएकी सुनार बिरामि भई अस्पतालमा रहदा उहाको परिबारमा कति ठुलो बज्रपात परे होला सहजै अनुमान लगाउन सकिन्छ , भनिन्छ दैब लागोस रोग नलागोस तर उहाको जिन्दागीमा यस्तै परेको छ , बिगत २ बर्ष देखि ( Nhl lymhoma) नामक रोग घाटिमा क्यान्सार देखियपछि उहाले बिपि… पुरा पढौ

सकियो, ‘रत्नेचौर धार्मिक महोत्सव’ ३१ लाख आय

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा संचालित ‘रत्नेचौर धार्मिक महोत्सव’ सम्पन्न भएको छ ।परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित लक्ष्मीहरी मन्दिरमा गत फागुन २३ गतेदेखि संचालन भएको रत्नेचौर धार्मिक महोत्सव ३१ लाख बढि आर्थिक संकलन गर्दै सकिएको हो ।रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि आयोजना गरिएको महोत्सवबाट ३१ लाख सत्तरी हजार १ सय ३ सहयोग संकलन भएको आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी बोगटीले बताउनुभयो ।संकलन भएको रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन… पुरा पढौ

गलेश्वरमा शिवरात्रीको दिन साढे तीन लाख भन्दा बढी भेटी संकलन

प्रमुख धार्मिक पर्यटकीय स्थल बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिन साढे तिन लाख भन्दा बढी भेटी संकलन भएको छ ।महाशिवरात्रि पर्वको अवसरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी बुधबार सार्वजनिक गरिएको छ ।गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले महाशिवरात्रिको दिन तिन लाख ५३ हजार ८७ भेटी संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहवरमा भेटी गनिएको हो । संकलित भेटी कोषको खातामा जम्मा गरिने भएको छ ।म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका… पुरा पढौ

भाइरल तोरीबारी, रत्नेचौरमा धार्मिक महोत्सव हुने

टिकटक र फेसबुकका पेजहरुमा भाइरल भैरहेको म्याग्दीको रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । भाइरल तोरीबारी रत्नेचौरमा हुन लागेको यो महोत्सवले फेरी धार्मिक पर्यटकहरुको मन जित्ने महोत्सव आयोजकको विश्वास छ । यही फागुन २३ देखि ३० गतेसम्म हुने सो महोत्सवमा बैदिक विधि पूर्वक बिविध धार्मिक अनुष्ठान, बरिष्ठ आचार्य बिद्धज्जनहरुद्धारा भक्ति संगीतमय, अदुभूत अपूर्व श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सो महायज्ञको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीबाट फागुन २३ गते शुभारम्भ हुदैछ । महायज्ञलाई सफल पार्नका लागि नेत्र… पुरा पढौ

गण्डकीमा स्वास्थ्य कार्यालय, म्याग्दी उत्कृष्ट

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो ।एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्यांकन गरेको थियो । मूल्यांकनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।विषम परिस्थितिमा पनि कार्यालय र कार्यालय मातहतबाट भएका सामूहिक एकताका कारण उत्कृष्ट कार्यसम्पादन सम्भव भएको उल्लेख गर्दै लम्सालले प्रदेश सरकार र कार्यालयका सबैप्रति आभार… पुरा पढौ

म्याग्दीको तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आइतबारदेखि खुला गरिएको छ ।कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ बेनी नगरपालिका वडा नम्बर ४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले… पुरा पढौ

जनप्रतिनिधिको तलब वापत पाएको २० लाख सामाजिक क्षेत्रमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिनु भएको छ ।अध्यक्ष पुनले विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधा वापत पाएको रकम खर्चिनु भएको हो ।पोखराको सुन्दरी डाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गर्नु भएका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गर्नु भएको छ ।परिवारको कमजोर… पुरा पढौ

बेनी बजार संरक्षण योजनाको थालनी

कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो ।बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको छ । माउन्ट धवलागिरि… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ