तनहुँ

तनहुं आइटिएफको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा आकाशचन्द्र घर्ति

तनहुं जिल्लाको भिमाद नगरपालिका वार्ड नं.६ भिमाद बजारमा आइटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न सो अधिवेशनबाट आकाशचन्द्र घर्ति मगर जिल्ला अध्यक्षमा सर्बसहमतिबाट चयन हुनु भएको छ ।घर्ति आइटिएफ तेक्वान्दोको व्ल्याक बेल्ट चौथो डिग्री हुनुहुन्छ ।उक्त अधिवेशनले उपाध्यक्षमा उत्तम थापा, सचिव सोम बहादुर गुरुङ, कोषाध्यक्ष गोपाल चन्द्र ठकुरीलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा आषिश थापा, दिनेश मगर, मालती तामाङ,बन्दना तामाङ र अभिसेक मगर चयन हुनु भएको छ । यस अघि नेपाल आइटिएफका केन्द्रिय सदस्य… पुरा पढौ

तनहुंमा आइटिएफ तेक्वान्दोको टेक्नीकल सेमिनार तथा विशेष प्रशिक्षण

भिमाद नगरपालिका वार्ड नं.६ मा अवस्थित खेलकुद रङ्गशालामा आइटिएफ तेक्वान्दोका खेलाडीहरुका लागि टेक्नीकल सेमिनार तथा विशेष प्रशिक्षण शनिवार सम्पन्न भएको छ । अन्तराष्ट्यि रेफी ब्ल्याक बेल्ट चौथो डान आकाशचन्द्र घर्ति मागरले १ सय २० खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएका थिए । सो अवसरमा भिमाद तेक्वान्दो एकेडेमी, रिसिङपातन तेक्वान्दो एकेडेमी, एक्लेखेत तेक्वान्दो डोजाङ,शुक्लागण्डकी तेक्वान्दो डोजाङका खेलाडीहरु सहभागी थिए । प्रशिक्षण पछि कालिका दर्शनसंगको संक्षिप्त कुराकानीमा प्रशिक्षक घर्ति मगरले खेलाडीहरुको आत्मबल बृद्धि गर्न र नयां सिप सिक्न यो प्रशिक्षण सहायक बनेको बताए ।… पुरा पढौ

शुक्लागण्डकी, तनहुंमा आइटिएफ तेक्वान्दोको ग्रेडिङ तथा सेमिनार

शुक्लागण्डकी आइटिएफ तेक्वान्दो डोजाङमा प्रशिक्षणरत खेलाडीहरुलाइ विशेष प्रशिक्षण सहित बिहीबार बेल्ट प्रमोशन गरिएको छ । नेपाल आइटिएफका सिनियर प्रशिक्षक आकाशचन्द्र घर्तिको नेतृत्वमा खेलाडीहरुलाई विशेष प्रशिक्षण दिइएको थियो । सोही अवसरमा त्याहा प्रशिक्षणरत खेलाडीहरुको पेटी परिक्षा लिइएको थियो । सो परिक्षामा २६ जना खेलाडीहरु सहभागी रहेको घर्तिले जानकारी दिनु भयो । सो अवसरमा रेसिङपाटन तेक्वान्दो एकेडेमीका प्रशिक्षक गोपाल चन्द, एक्लेखेत तेक्वान्दो डोजाङका प्रशिक्षक उत्तम थापा तथा दिपेश मगरले सहजिकरण गर्नुभएको थियो । तनहुंका ४ वटा आइटिएफ तेक्वान्दो एकेडेमीमा हाल आइटिएफ तेक्वान्दो… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ