स्वास्थ्य

हात्तिपाइले रोग निवारणमा नारायणस्थान उत्कृष्ठ

बागलुङ नगरपालिका १४ स्थित नारायणस्थान स्वास्थ्य चौकी हात्तिपाइले रोग निवारण अभियानमा उत्कृष्ठ ठहरिएको छ । मंगलबार बानपा कार्यालयमा आयोजित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा नारायस्थान स्वास्थ्य चौकीलाई नगर-उप प्रमुख राजु खड्काले सम्मान पत्र सहित नगद १० हजार पुरस्कार प्रदान गर्नु भयो । बागलुङ नगर क्षेत्रमा हात्तिपाइले रोग निवारणमा स्वास्थ्य चौकी तथा स्वास्थ्य कर्मिहरुलाई काम गर्न प्रेरणा र सक्रियता बढाउन तथा काम गर्नेहरुको मूल्याङ्कन होस भनेर आफुले केही महिना अगाडी स्वास्थ्य कर्मिहरुको अगाडी पुरस्कारको घोषणा गरेको उप -प्रमुख खड्काले बताउनु भयो ।… पुरा पढौ

आंखा पाक्ने रोग फैलिदै गएपछी बानपाका विद्यालय ३ दिनलाई बन्द

बागलुङ नगरपालिकाले देशका बिभिन्न भागमा फैलिरहेको आंखा पाक्ने रोगको सङ्क्रमण नगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्धेश्यले नगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई ३ दिन बिदा दिने निर्णय गरेको छ । बिद्यालयहरु सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएकाले र यसको सङ्क्रमणबाट बालबालिका, वृद्धाबृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु छिटो प्रभावित हुने भएकाले बिद्यालयहरु केही दिनलाई बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।आंखामा संङ्क्रमण देखिएमा भिडभाड हुने स्थानहरु, बिद्यालय, पार्क लगायतका स्थानमा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।… पुरा पढौ

बडिगाड गाउंपालिकाले शुरु गर्यो मोवाइल स्वास्थ्य सेवा

बडिगाड गाउंपालिकाले शुक्रबार देखि एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाको वार्ड नं.२ को आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सेवा प्रारम्भ गरिएको अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनु भयो । अध्यक्ष अधिकारीका अनुसार यो कार्यक्रमबाट गर्भवतिहरुको लागि निशुल्क भिडियो एक्स रे सेवा (ग्रामिण अल्ट्रासाउण्ड सेवा RUSG), ANC प्याकेज जाँच, शंकास, स्वास्थ्य जाच तथा उपचार, मलेरियाको लागि रगत परिक्षण, परिवार योजना सेवा -इम्प्लान्ट सेवा, पाठेघरको मुखको क्यान्सर जाँच VIA सेवा,डेङ्गीरोग सम्बन्धी search and destroy कार्यक्रम, मधुमेह रोगको… पुरा पढौ

उपभोक्ता शिक्षा कार्यक्रम लिएर सरोकारवालाहरु बलेवामा

बागलुङ नगरपालिकाले उपभोक्ता सचेतनाका कार्यक्रमलाई तिब्रता दिइरहेको छ । यसै क्रममा बानपा १४ मा स्थानीय गणेस माध्यामिक विद्यालय सहितका विद्यार्थिहरु,जनप्रतिनिधीहरु, सामाजिक व्यक्तित्वहरु, पत्रकार लगायतका वीचमाजनचेतना कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा राष्ट्यि उपभोक्ता मञ्चका केन्द्रीय सदस्य राम बहादुर के.सी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख, प्रेम अर्याल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय, बागलुङका प्रमुख डा. ऋषि  सापकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदन के.सीले आ–आफ्नो विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । बिद्यालयमा अध्ययनरत विद्यार्थिहरुका… पुरा पढौ

एक सय घरमा ‘फस्ट एड बक्स’ वितरण

काठेखोला गाउँपालिका–४ तंग्राम,चापोट को एक सय घर परिवारमा शनिबार एक कार्यक्रमका बीच ‘फस्ट एड बक्स’ वितरण गरिएको छ । वयलनेश टिम नेपालको आर्थिक सहयोग, रोट्रायक क्लव अफ बागलुङ तथा रोट्रायक क्लव अफ किस्ट मेडिकल कलेज काठमाडौँको सहकार्य र समाज परिवर्तनशील युवा संजाल तंग्राम को व्यवस्थापनमा ‘फस्ट एड बक्स’ वितरण गरिएको हो । सोही कार्यक्रममा तंग्राम स्वास्थ्य चौकीलाई एक थान ह्वीलचियर सहयोग गरेको समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आलेले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्यकर्र्मी सुदीप न्यौपाने, विर्श आचार्य, दिपा डङ्गोल… पुरा पढौ

बागलुङमा कोरोना संक्रमितको संख्या शुन्यमा

बागलुङमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोना संक्रमण शुरु भएदेखि नै उच्च जोखीममा रहेको बागलुङमा हाल सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ ।जिल्लाका बिभिन्न अस्पतालमा रहेका आइसोलेशन र होम आइसोलेशनमा रहेका सवै बिरामी निको भएपछि सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको र संक्रमित मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।कुनै पनि स्थानीय तह र कुनै पनि वडामा सक्रिय संक्रमित नभएको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बागलुङमा हालसम्म पिसीआर एन्टीजेन गरि ३० हजार १… पुरा पढौ

म्याग्दीकी मिना बिकलाई आर्थिक अभाबको कारण उपचारमा समस्या

केपि कुमार जलन,बागलुङम्यााग्दी बेनि नगरपालीका २ ज्यामरूककोट कामुनाखर्क म्याग्दि निवासि बर्ष ३२ कि मिना बिक सुनार यति बेला अस्पतालको बेडमा लडि रहनु भएको छ , दुई छाक टार्न ज्याला मजदुरी गरेर आफ्ना छोरा छोरीलाई हुर्काउदै आउनु भएकी सुनार बिरामि भई अस्पतालमा रहदा उहाको परिबारमा कति ठुलो बज्रपात परे होला सहजै अनुमान लगाउन सकिन्छ , भनिन्छ दैब लागोस रोग नलागोस तर उहाको जिन्दागीमा यस्तै परेको छ , बिगत २ बर्ष देखि ( Nhl lymhoma) नामक रोग घाटिमा क्यान्सार देखियपछि उहाले बिपि… पुरा पढौ

एकिकृत समाजबादी निकट स्वास्थ्यकर्मीहरुको जिल्ला समिति गठन

नपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी निकट एकिकृत स्वास्थ्यकर्मी संगठन नेपाल, बागलुङको जिल्ला भेला शनिवार सम्पन्न भएको छ । सो भेलाबाट टुकनाथ शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा उपाध्यक्ष लक्ष्मी शर्मा, सचिव सन्तोष सुवेदी,कोषाध्यक्ष सकुन्तला थापा, सदस्य मनिष शर्मा,पवेश पौडेल,काली पसाद भण्डारी,आशिष शर्मा,राधा पौडेल,कमला थापा,अग्नी आचार्य,डिल्ली पसाद शर्मा र सृष्टि थापा चयन हुनु भएको छ । नबगठित कार्य समितिलाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका स्थायी समिति सदस्य रामजी शर्मा, पार्टीका जिल्ला अध्यक्ष लाल बहादुर थापा लगायतले… पुरा पढौ

बागलुङको८ पालिकामा सक्रिय संक्रमित शुन्य

बागलुङ जिल्लाको १० स्थानिय तह मध्ये ८ स्थानिय तहमा कोरोना संक्रमण शुन्यमा झरेको छ ।कोरोना भाइरसको तेस्रो संक्रमण शुरु भएसंगै सवै पालिकामा तिव्र रुपमा देखिएको संक्रमितको संख्या क्रमस घट्दै गएसंगै ८ स्थानिय तहमा सक्रिय सक्रमितको संख्या शुन्यमा झरेको हो ।बागलुङको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काँठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।१० स्थानिय तह मध्ये बागलुङ नगरपालिकामा १७ र गल्कोट नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेको… पुरा पढौ

बडिगाडमा ४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले पालिकाका ४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण अभियान शुरु गरेको छ ।बडिगाड गाउँपालिका भरका जनतालाई एकैपटक स्वास्थ्य परिक्षण गर्ने अभियान अन्र्तगत वृहत स्वस्थ्य शिबिर शुरु गरेको हो ।गाउँपालिकाका सबै नागरिकलाई विशेषज्ञ सेवा दिने, ४० वर्ष माथिकालाई नछुटाईकन मृगौला परिक्षण, पाठेघरको परिक्षण गरिने गरि शिविर शुरु पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शिबिर अवधीभर १३ जना विशेषज्ञ र अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामण्ी कंडेलले जानकारी दिनुभयो ।फागुन २५ गतेसम्म चल्ने गाउँपालिकाले… पुरा पढौ