साहित्य

बिद्यामन्दिर पुस्तकालयद्धारा शुभ कामना आदान प्रदान

बिद्यामन्दिर पुस्तकालयले बडादशैं दिपावली लगायतका चाडपर्वको अवसरमा आपसमा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, सस्थाका संरक्षकहरु, सल्लाहकार, पदाधिकारी, सदस्यहरु, विभिन्न सस्थाका पदाधिकारी, पत्रकार लगायत सहभागी रहनु भएको थियो ।कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले सनातन धर्म, मौलिक संस्कृति परम्पराको संरक्षणमा जोड दिदै देशमा शान्ति, सदभाव, स्थायित्व, विकास र रोजगारी सृजना सहित सवैमा सकारात्मक सोच तथा भावनाको चमत्कारीक विकास होस भन्ने कामना गर्नु भयो । मितब्ययी बन्न, क्षमता र गच्छे अनुसार चाडपर्व मनाउन आग्रह… पुरा पढौ

“सायद”

तिमी पल्लो घरमा बस्नुम वल्लाे घरमा बस्नुसायद,असल छिमेकी हुनु मात्रै थियोे क्याम्पस जाँदातिम्रै घरकाे बाटाे जानूतिमीले मलाई पर्खनुसायद, हाम्रो नित्यकर्म मात्रै थियाे । घुम्न जाँदाहरेक पटक तिमले मलाई साथ लानुम हुरूक्क हुँदै तिम्रै पछि लाग्नुसायद, तिम्रो संरक्षक हुनु मात्रै थियाे । तिम्रा हरेक कार्यहरूमा मैले चासाे राख्नुतिमीले पनि मलाई नै समर्थन गर्नुसायद, असल साथि हुनु मात्रै थियो । घरकाे छतमा फुलेका फुलहरू माँझ बसेरघामकाे न्यानाे ताप्दै हरेक दिन तिमीले कपाल काेर्नुम वारि बाट मुस्कुराउदै तिमीलाई नै हेर्नुसायद, हाम्रो संयाेग मात्रै… पुरा पढौ

रित्तिदै गएको मेरो गाउँ

मानिसहरु तराई झरे सङै, शहर पसेसङै अनि बिदेश पलायन भएसङै, रित्तिदै छ मेरो गाउँ कोहि बाध्यताले शहर भसिएका छन त, कोहि सुख सुबिधाको खोजिमा शहर पस्नेको लर्को लागेसङै, मेरो गाउँ रित्तिदै गएको छ ! पहिले अन्न फल्ने ठाँउहरु आज झारले भरिइसके भेडा बाख्राले भरिने ती पाखा अनि पखेराहरु आज बनमारा र झाडिले ढाकिसक्यो युबा बिदेश पलायन भएसङै मेरो गाउँ रित्तिदै गएको छ ! मैले अक्षर चिनेको स्कुल आज विद्यार्थी अभावकै कारण खारेज भैसक्यो म अनि मेरा साथी खेल्दा भरिभराउ हुने… पुरा पढौ

“आस्तिक बन या नास्तिक बन,जे सुकै बन तर वास्तविक बन”

गजलआस्तिक बन या नास्तिक बन,जे सुकै बन तर वास्तविक बन।मानवीय मुल्य र धर्म मा रमाउ,सेवा भाव जगाउ सामाजिक बन।सुख मा बाच्ने या दुख मा बाच्ने,अधिकार तिम्रै हो तर नैतिक बन।प्रसंशा कमाउ या त आलोचना नै,आफ्नो लागि स्वयं आफू ठिक बन।सल्लाह सुझाव सबै बाट लिन सिक,तर आफ्नो निर्णय मा आफू अडिग बन। पुरा पढौ

साहित्यकार मोहनबहादुर मल्लको १११ औं जयन्तीः शालिक अनावरण तथा पुरस्कार समर्पण गरि मनाइयो ।

महान साहित्यकार मोहन बहादुर मल्लको १११ औं जयन्तीको अवसरमा पर्वतको मल्लाज, लुङ्दी मोहन चोकमा शनिबार स्व.मल्लको शालिक अनावरण गरिएको छ । सो शालिक निर्माणका लागि जलजला गाउंपालिकाबाट ५ लाख सहयोग प्राप्त भएको थियो । शालिक स्थापनाका लागि आवश्यक जग्गा प्रकाश बहादुर मल्ल तथा दिप मल्लले निःशुल्क प्रदान गर्नु भएको थियो ।१९६८ माघ २३ गते जन्मनु भएका मोहनबहादुर मल्लको २०३५ जेठ १७ गते निधन भएको थियो । साहित्यकार मल्लको शालिक निर्माणका लागि दिप मल्ल अध्यक्ष, जिवन केसी सचिव, झुमा मल्ल कोषाध्यक्ष… पुरा पढौ

आज सरस्वती पूजा, शुरु भयो हाम्रो पाइला

आजको युग भनेको सूचना संचार र प्रविधिको हो । सूचना, संचार र प्रविधिको पहुचमा नभएको मानिस सभ्य, सक्रिय, सुुसंस्कृत र शिक्षित हुन सक्दैन । हामी पनि आधुनिक उच्चतम प्रविधिको प्रयोग गर्दै आमनागरिक समक्ष सूचना र संचार पुयाउनका लागि खोजपूर्ण समाचारमुलक विद्युतीय खबर पत्रिका 'कालिका दर्शन' लिएर तपाईहरु समक्ष आएका छौं । कालिका दर्शनले यस यस क्षेत्रका पर्यटकीय गन्तब्यहरुको ब्यापक प्रचार प्रसार गरी पर्यटन गद्योगलाई टेवा पुयाउने उद्धेश्य रहेको छ । यस क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकिय क्षेत्रहरुको परिचय… पुरा पढौ

भद्रकाली सेवा समूह गठन, श्रेष्ठ दम्पत्तिबाट ५ लाखको कोष स्थापना

बागलुङमा हालै नयाँ सस्था भद्रकाली सेवा समूह गठन भएको छ।शिक्षा ,स्वास्थ, सिर्जना,मानवीय सेवामा सहयोग पुर्याउने यसको लक्ष्य रहेको छ।बागलुङ न पा २ निवासी सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठका माता तथा सासु स्व। भद्रकाली राजभण्डारीको स्मृतिमा ५ लाख अक्षय कोष प्रदान गर्नु भएको छ। सस्थालाइ कृयाशिल गर्न साहित्यकार काजी रोशनको अध्यक्षतामा कार्य समिति गठन भएको छ।जस अनुसार सचीव निर्मला जिसि पन्त र सदस्य उ वा संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी , सुरेन्द्रजङ राजभण्डारी र दुर्वलकाजी राजभण्डारी रहनु भएको छ।संरक्षक सुन्दरी… पुरा पढौ

कविता -कर्म गरौँ

खाएर नै चोट हजार ठाम द्यौता बनी पत्थर पुग्छ धाम यस्ता कुराबाट सिकेर पाठ, परोस् समस्या नबनौँ हतास।१ छ बन्द बाटो यदि एकतर्फ अवश्य खुल्नेछ नयाँ तसर्थ गन्तव्यमा पुग्न गरौंं प्रयास, कोही नहौँ जीवनमा निरास।२ संघर्ष हो सिद्धि दिने तमाम सङ्कल्पकासाथ गरौँ न काम बुझौँ स्वयंकै शुभ कर्मबाट, बन्नेछ छुट्टै पहिचान खास।३ गर्दा नसक्ने कुन काम हुन्छ? बेकार मान्छे भयभीत बन्छ विवेकको सिन्धु मनुष्य नै हो, चिनौँ सबैले प्रतिभा स्वयंको।४ पर्ने हुँदा सङ्गतको प्रभाव कदापि साथी नचुनौँ खराब हिँडौँ सधैँ… पुरा पढौ

कथा : छोराको खोजीमा

‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन परेन क्यार, सिटमा बसिन् र जवाफै नदिई झ्यालबाहिर आँखा फालिन् । छेवैमा राखेकी छन्, खास्टोमा पोको पारेको सानो कुम्लो । कपाल उही । गादो उही । गुन्यू उही । आँखा उही । अनुहार …। अनुहार ?… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ