खेलकुद

अमलाचौरमा सम्पन्न भलिबलमा कालुङखोला युवा क्लब बिजेता, न्यू आदर्श उप-बिजेता

बागलुङ नगरपालिका-१२ स्थित अमलाचौरमा संचालित दिपावली कप भलिबलको उपाधि कालुङ खोला युवा क्लब, जैमिनि ९ ले जितेको छ । मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कालुङ खोलाले आयोजक न्यू आदर्श युवा क्लबलाई पछी पार्दै ट्रफी र नगद ३० हजार प्राप्त गरेको छ । सो प्रतिस्पर्धामा आयोजक न्यू आदर्शले उप विजेताको ट्रफीसंगै नगद २० हजार हात पारेको छ । यसै गरी मंगलबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक टिम " वि" लाई पछि पार्दै मुनाल युवा क्लब, दुर्गुङले तेस्रो स्थानको ट्रफी प्राप्त गरेको छ ।… पुरा पढौ

बाङ्गेचौरमा प्रदेशस्तरीय क्रिकेटको उद्घाटन

बागलुङ क्रिकेट संघको आयोजनामा मंगलबारदेखि बाङ्गेचौर खेलमैदानमा गण्डकी प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले प्रतियोगिताको उद्घाटन गर्दै न्यूनतम श्रोत साधनको अधिकतम उपयोग गरेर क्रिकेटका खेलाडीहरुले देश विदेशमा महत्वपूर्ण सफलता प्राप्त गरिरहेको र यो सफलताले राज्यको इज्जत बढाएको उल्लेख गर्दै बागलुङमा पनि क्रिकेट संघले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउनु भयो ।स्थानीय खेलाडीहरुलाई प्रशिक्षण, प्रतियोगितामा सहभागिता र प्रतियोगिता आयोजनासम्ममा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुु भयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका… पुरा पढौ

सिगानामा सम्पन्न बडादशैं बिशेष भलिबलको उपाधि माउन्टेन भ्यू गल्कोटलाई

बडा दशैं तथा संस्थाको तेस्रो बार्षिकोत्सवको विशेष अवसरमा रानीभूमे युवा क्लब, सिगानाले आयोजना गरेको भलिबल प्रतियोगिता माउन्टेन भ्यू गल्कोटले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माउन्टेन भ्यूले रेश २ बौरलाई पराजित गरेको थियो । बिजयी माउन्टेन भ्यूले नगद ५० हजार तथा रेश २ ले नगद ३० हजार प्राप्त गरे । सो प्रतियोगितामा सिंगाना साविक वडा नं ३ र ७ ले तेस्रो स्थान प्राप्त गरेको थियो । सिंगानाले नगद ११ हजार प्राप्त गरेको थियो । प्रतियोगितामा १२ टिमले भाग लिएको… पुरा पढौ

मालिका कप भलिबलको उपाघि गौडाकोट युवा क्लबलाई

हरितालिका तीजको अवसरमा मालिका मन्दिर परिसरमा संचालन भएको भलिबल प्रतियोगिताको उपाघि गौडाकोट युवा क्लब बानपा ३ ले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आयोजक मालिका युवा क्लबलाई दोस्रो स्थानमा धकल्दै गौडाकोटले उपाधि जितेको थियो । काठेखोलाको मिर्मिरे युवा क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।बिजयी गौडाकोटका खेलाडीहरुले नगर ५१ हजार सहित कप पदक र प्रमाण पत्र प्राप्त गरेका छन । यसै गरी दोस्रो हुने मालिकाले २५ हजार तथा तेस्रो हुने मिर्मिरेले नगद १० हजार प्राप्त गरेका छन ।… पुरा पढौ

नेपाल आइटिएफको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रविणकुमार कार्कि

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको सातौ महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन गर्दै राष्ट्यि खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ज्वालाले नेपालमा आइटिएफ तेक्वान्दोको विकासमा अग्रजहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको र अवको पुस्ताले यो खेललाई थप उचाईमा पु–याउने विश्वास व्यक्त गर्नु भयो । उहांले लामो समयदेखि खेलकुदमा सहायक प्रशिक्षकको रुपमा रहेका कर्मचारीहरुको बढुवा रोकिएकोमा हालै मात्र बढुवा गरिएको बताउदै नेपालमा खेलकुदको उपयुक्त वातावरण निर्माणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।परिषदका निमित्त सदस्य सचिव एवं नेपाल आइटिएफका निबर्तमान अध्यक्ष अन्जन… पुरा पढौ

विश्व आइटिएफ तेक्वान्दोमा बागलुङकी सुस्मिता छनौट, उप–प्रधान मन्त्रिद्धारा खेलाडीलाई बिदाई

काजकिस्तानमा अगष्ट १८ देखि २७ तारिखसम्म संचालन हुने २२ औं बिश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा बागलुङ जिल्ला, बडिगाढ गाउपालिकाकी सुश्मिता थापाले पनि प्रतिस्पर्धा गर्ने छिन । थापाले ५२ केजी तौल समूहमा नेपालको तर्फदेखि प्रतिस्पर्धा गर्ने छिन । यसै गरी सो प्रतिस्पर्धामा महिला तर्फ ४७ केजी तर्फ रुविका खड्काले र पुरुष तर्फ ६४ केजीमा पुकार के.सी र ६८ के.जी तर्फ अजय बुढामगरले प्रतिस्पर्धा गर्ने नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले जनाएको छ । सो… पुरा पढौ

बागलुङ जिल्ला क्रिकेट संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य

बागलुङ/ २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन भए पश्चात २०७९ माघमा आएर मात्र नेपाल क्रिक्रेट संघ (क्यान) को मान्यता पाएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनमंगलबार सम्पन्न भएको छ । साधारणसभा तथा प्रथम अधिवेशनको गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले उद्घाटन गर्नु भएको थियो ।मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले विष्णुप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।सो समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र… पुरा पढौ

दक्षिण एसियाली आइटिएफमा नेपाललाई २२ स्वर्ण सहित ६२ पदक प्राप्त

भारतको हैदरवादमा अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको दक्षिण एसियाली च्याम्पिएनसिप आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरेका छन । सो प्रतियोगितामा नेपालले २२ स्वर्ण पदक जित्न सफल भएको नेपाल आइटिएफका निवर्तमान अध्यक्ष एवं राखेप वोर्ड सदस्य अन्जन धमलाले जानकारी दिनु भयो । सो प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले १५ रजत र २५ काश्य पदक गरी ६२ पदक जितेको नेपाल आइटिएफका अध्यक्ष प्रविण कुमार कार्किले बताउनु भयो ।उक्त प्रतियोगितामा भारतीय खेलाडीहरुले पहिलो तथा बंगलादेशका खेलाडीहरुले तेस्रो स्थान प्राप्त… पुरा पढौ

राखेपद्धारा नेपाल आइटिएफको तदर्थ समिति गठन,अध्यक्षमा कार्की

राष्ट्यि खेलकुद परिषदले नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । परिषदको सदस्य–सचिवस्तरीय निर्णय अनुसार २६ सदस्यीय समिति गठन गरिएको छ । नव गठित समितिमा अध्यक्षको जिम्मेवारी प्रविणकुमार कार्कीलाई दिइएको छ । कार्की यस अगाडी महासंघको उपाध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।यसै गरी उपाध्यक्षमा राजु खड्का रहनु भएको छ । खड्का यस अघि महासंघमा सचिवकोजिम्मेवारीमा रहनु भएको थियो । उपाध्यक्ष, राजु खड्का यसै गरी पुरानै जिम्मेवारीमा रहेका अन्जु रावतलाई महा–सचिव तथा बासुदेव भट्टलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ… पुरा पढौ

प्रथम राजेन्द्र स्मृति कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधी युनिटी क्लव बागलुङलाई

प्रतियोगितामा तेक्वान्डो खेलाडी नन्दु बिष्ट सम्मानित प्रथम राजेन्द्र स्मृति कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधी युनिटी क्लव बागलुङलाई प्रतियोगितामा तेक्वान्डो खेलाडी नन्दु बिष्ट सम्मानित राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिता गत शनिबार देखी सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन माननिय सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री सुशिला सिंखडा ज्यू बाट भएको थियो । राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिताको उपाधी बागलुङ युनिटी क्लवले जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमा हाईकर्स युनाइटेड बागलुङलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।… पुरा पढौ