सूचना प्रविधि

गणतन्त्र दिवसको अवसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ द्वरा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम

बिशुद्ध सामाजिक संस्था लियो क्लब अफ धौलागिरी बाग्लुङले आज मिति २०८० जेठ १५ गते गणतन्त्र दिवसको पाबन अबसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ को आयोजनामा र लियो क्लब अफ बाग्लुङ, लियो क्लब अफ कुश्मा सिटि र लियो कक्लब अफ बागलुङ कालीगण्डकी को सहकार्यमा बा.न.पा १ रामरेखा स्थित सहिद स्मृति पार्कमा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । लियो क्लब अफ धौलागिरी बाग्लुङका अध्यक्ष लियो प्रवेश पौडेलको अध्यक्षतमा , प्रमुख अतिथि लियो काउन्सिल District 325k नेपालका Region 1 का… पुरा पढौ

प्रचार–प्रसारकाे अभावका कारण ओझेलमा चाैरीगाेठ

बागलुङ जिल्लाकाे तमानखाेला गाउँ पालिका -१ पहिराकाे शिरमा छ चाैरी गाेठ । तमानखाेला गाउँपालिका -१ पहिरामा अवस्थित चाैरी गाेठ एक आकर्षक ठाउँ हाे । डाँडाकाे टुप्पामा वरिपरि जङ्गलले घेरिएको बिचमा सम्म परेकाे भुभाग रहेकाे छ ।समुन्द्री सतह देखी लगभग २७०० मि. उचाईमा रहेको उक्त क्षेत्रीमा चारैतिरबाट लालीगुँरास का रूखहरूले घेरिएको छ, चाैरकाे छेउछाउमा रूखका ब्राेक्रा बाट निर्मित पाैराणिक गाेठहरू रहेछका छन । वरिपरि रहेका रूखहरू विचमा नाच्दै गाँउदै आउने चराचुरुङ्गीहरूकाे चिरविर आवाजले सुनमा सुगन्ध थपिदिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण यश… पुरा पढौ

दुर्गम गाउँको मोवाईल सेवाले स्थानियमा छाएको खुसी

थम्मन थापा/ बागलुङ फागुन १९केहि महिना पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्नसम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो । मोवाईल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए । अहिले भनें नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानिय खुसी भएका छन । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण… पुरा पढौ

प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम र प्रशिक्षण गर्ने

बागलुङ फागुन १५प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा सम्पन्न भएको छ । बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने योजना तय गरेको प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिए । त्यस्तै सेन्टरले सम्मेलनको अवसरमा स्थापना गरेको १र१… पुरा पढौ

राससकर्मी तारानाथ आचार्य पुरस्कृत

राष्टिय समाचार समितिको ६१ औं बार्षिकोत्सवको अवसरमा सात प्रदेशका स्थानीय समाचारदाता लगायतलाई पुरस्कृत गरिने भएको छ । रासस संचालक समितिको शुक्रबार बसेको बैठकबाट गण्डकी प्रदेशबाट बागलुङका तारानाथ आचार्यलाई पुरस्कृत गर्ने निर्णय भएको छ । आगामी १८ गते विशेष कार्यक्रममा नगद १८ हजार सहित आचार्यलाई औपचारिक रुपमा पुरस्कृत गरिने भएको छ ।नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सह सचिव आचार्य ढोरपाटन दैनिक तथा धौलागिरी एफ.एममा समेत संलग्न हुनुहुन्छ । पत्रकार आचार्यलाई कालिका दर्शन परिवारको तर्फ देखि हार्दिक बधाई सहित धेरै धेरै शुभ… पुरा पढौ

गण्डकी सरकारद्धारा महावीर पुनलाई ‘गण्डकी रत्न’ घोषणा

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उहाँले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसक्नुभएका उहाँले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो सम्मान अर्पण गर्न लागिएको हो ।गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । प्रदेशको सबैभन्दा ठूलो विभूषणका रूपमा ‘गण्डकी रत्न’ लाई लिइन्छ । प्रदेश… पुरा पढौ

बागलुङमा विद्युतीय राहदानीका लागि फारम संकलन सुरु

जिल्ला प्रशासन कार्यालय बागलुङले विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि फाराम संकलन सुरु गरेको छ ।प्रशासनले पहिलोपटक ई–पासपोर्टका लागि फाराम संकलन गर्न थालेको हो । बागलुङमा १ मंसिरदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को फारम संकलन कार्य स्थगित गरिएको थियो ।मंसिर १५ सम्मका लागि स्थगित राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा ढिलाई भएको हो । अब नियमित रूपमा फारम संकलन गरी विभागको सिस्टममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख तेजराज गौतमले जानकारी दिनुभयो ।एमआरपीका लागि दैनिक २०–२५ फाराम संकलन भएपनि ई–पासपोर्टको… पुरा पढौ

अनुमति बेगर भिडियो खिचेर सन्जालमा राखे कारवाही हुने

गृहमन्त्रालयले बिहीबार एक बिज्ञप्ति प्रकाशित गरी सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न ध्यानाकर्षण गराएको छ ।व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्विर लिन र सामाजिक सन्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमतिर/सहमति विना कुनैपनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सन्जालहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारवाही हुने जनाएको छ । सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं… पुरा पढौ

प्रेस चौतारी नेपाल, बागलुङको अध्यक्षमा नविन शिशिर, शर्मा, बोहोरा र पौडेल पुरस्कृत

प्रेस चौतारी नेपाल, बागलुङको छैठौं जिल्ला अधिवेशन बिहीबार बागलुङ बजारमा सम्पन्न भएको छ । सो अधिवेशनले नविन शिशिरको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्बसहमतिबाट चयन गरेको छ ।यसै गरी उपाध्यक्षमा सृजना पन्त र झरना कंडेल, सचिवमा कमल पौडेल, सहसचीवमा अर्जुन कार्की र हेम बिश्वकर्मा , कोषाध्यक्षमा खेमराज गौतम चयन हुुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोरा चयन… पुरा पढौ

प्रेस चौतारी पर्बतको अध्यक्षमा कृष्ण अखेली

प्रेस चौतारी नेपाल पर्बतको छैठौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । सो अधिवेशनबाट कृष्ण अखेली अध्यक्षमा सर्बसम्मत निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष अखेली संचारकर्मिका साथै गायक तथा कुशल कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित हुनुहुन्छ । अखेली रेडियो कुशुम ९० मेघाहर्जका स्टेशन म्यानेजरको जिम्मेवारीमा हुुनुहुन्छ ।यसै गरी कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुवास लामिछाने, रमा सुवेदी सचिव दिपेश वि.क सह सचिव दुर्गा शर्मा, राजन पौडेल तथा कोषाध्यक्षमा बिकासराज पौडेल चयन हुुनु भएको छ । पुरा पढौ