पर्यटन

कालिका मन्दिर र चैत्राष्टमी मेलाको महत्व

नेपाल भित्रको सानो नेपाल भनेर समेत चिन्न सकिने बागलुङ जिल्ला , धौलागिरी हिमालको काखमा अबस्थित पवित्र कालिगण्डकी नदी र काठे खोला दोभानको संगमस्थल भन्दा माथिल्लो भागमा ऐतिहासिक प्रसिद्ध कालिका मन्दिर रहेको छ । बानपा १ रामरेखा स्थित बाङ्गेचौर मैदानसंगै घना जंगलको बीचमा अवस्थित कालिका मन्दिरमा दिनहु जसो हजारौ भत्तजनहरुको उपस्थिति रहने गर्दछ । बागलुङको खास र विशेष पहिचानको महत्वपुर्ण ऐतिहासिक सम्पदा हो बागलुङ कालिका मन्दिर । धार्मिक आस्था तथा संस्कृतिको मिलन बिन्दुको रुपमा रहेको कालिका मन्दिर नेपालकै गौरव एवं नेपालीहरुको… पुरा पढौ

सिरुबारी र भकुण्डेका होमस्टेले जोडे मितेरी सम्बन्ध

नेपाली समाजमा मौलिक तथा बैभवशाली संस्कृति र परम्परालाई टेकेर लगाइने मितेरी साइनोले ठूलो अर्थ राख्छ । मितेरी साइनो ब्यक्ती ब्यक्ती हुदै सस्था, पालिकाहरुले देश विदेशसम्म लगाउने चलन छ । बैदिककाल देखिनै मीतको प्रचलन रहको पाइन्छ । द्धापर युगमै श्रीकृष्ण र सुदामाको सम्बन्ध, महाभारतमा दुर्गोधन र कर्णको सम्बन्ध तथा श्रीराम र सुग्रीवको सम्बन्धले पनि धेरै सन्देश दिएको पाइन्छ । भावनात्मक सम्बन्धलाई कसिलो बनाउने, सुखदु:ख साट्ने, सम्बन्धलाई थप प्रगाढ बनाउने तथा एकअर्काे समुदायवीच घुलमिल हुने महत्वपूर्ण माध्यमको रुपमा मिलेरी सम्बन्धलाई लिने गरिन्छ… पुरा पढौ

बागलुङमा पर्यटन पत्रकारीता तालिम सम्पन्न

बागलुङ नगरपालिका, नगर पर्यटन विकास समितिद्धारा आयोजित ३ दिने पर्यटन पत्रकारीता तालिम शनिवार सम्पन्न भएको छ । तालिममा २७ जना सहभागि रहेका थिए । तालिममा नेपाल पर्यटन बोर्डका मिडिया को-अर्डिनेटर टिपी भुसाल, नेपाल पर्यटन बोर्ड, पोखराका बरिष्ठ अधिकृत कुन्दन मिश्र, पत्रकारहरु प्रकाश बराल, किरण आचार्य, राम थापा अविरल, बिजय थापा र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहजिकरण गर्नु भएको थियो समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पर्यटनलाई उद्योगको रुपमा स्थापना गरी पर्यटकहरुले मनग्य खर्च गर्ने खालको… पुरा पढौ

लम्गाउंमा दशैं मेला शुरु, भलिबलको उद्घाटन खेलमा आयोजक टिम बिजयी

बागलुङ नगरपालिका-६ स्थित लम्गाउं (लुङगाउं) मा बुधबारदेखि बडादशैं मेला शुरु भएको छ । प्रगतिशिल युवा समूहको आयोजना तथा लम्गाउं आमा समूहको सह- आयोजनामा भएको मेलाको बागलुङ नगरपालिकाका नगर उप- प्रमुख राजु खड्काले उद्घाटन गर्नु भयो । लम्गाउंको पृष्ठभूमि ऐतिहासिक कालिका मन्दिरसंग जोडिएकोले यहांको संस्कृति, सस्कार र परम्परालाई जोगाउन जरुरी रहेको र स्थानिय युवा तथा आमा समूहले बडा दशैंलाई जोडेर आयोजना गरेको मेलाले धेरै अर्थ राख्ने उप प्रमुख खड्काले बताउनु भयो । मेला मार्फत स्थानिय कला, सस्कृति र भेषभुषाको संरक्षण र… पुरा पढौ

मालिकामा तीज मेलाः छेलोमा पुरुष तर्फ बिजय, महिलामा सरस्वती प्रथम

नेपाली महिलाहरुको महानपर्वको रुपमा रहेको हरितालिका तीजको सन्दर्भमा मालिका मन्दिर परिसरमा लाग्दै आएको तीजी मेलाले यस बर्ष पनि निरन्तरता पाएको छ । मेलाको उद्घाटनको अवसरमा बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्काले मालिका मन्दिर व्यवस्थापन समितिलाई सक्रिय बनाएर मन्दिरको गुरु योजना तयार गरी स्थानिय समुदाय सहितको सहभागितामा मालिका मन्दिरको विकास, व्यवस्थापन र प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिनु भयो । उप प्रमुख खड्काले मन्दिरको विकास र प्रचार प्रसारका लागि तीज मेलाको विशेष महत्व रहेकाले मेलालाई निरन्तरता दिनु पर्ने बताउदै मन्दिरको बृहत्तर… पुरा पढौ

लोकदोहोरी गित प्रतिष्ठान बागलुङको तिजि मेला भदौ २९ गते बाट

केपि कुमार जलन/ बागलुङ बजारमा हरितालिका तिजको अवसरमा ऐतिहासिक तीज मेला–२०८०हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको आयोजनामा भदौ २९ देखि ३० सम्म मेला हुने प्रतिष्ठानले जनाएको छ , तीजको संस्कृति एवं स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष सरस्वति खड्का परियारले जानकारी दिनु भयो । मेलाको अवसरमा अन्तर बिधालय स्तरीय तिज नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, दर खाने कार्यक्रम संगै स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरू बाट सांगितिक प्रस्तुती… पुरा पढौ

प्रसिद्ध बलेवा काल भैरव र हरेलो मेला

गण्डकी प्रदेशको पोखरा महा–नगरपालिका पछीको दोस्रो ठूलो नगर बागलुङ नगरपालिका रहेको छ । बागलुङ नगरपालिका भित्रका ५ वडा, जैमिनि नगरपालिकाको केही भाग समेतको महत्वपूर्ण व्यापारीक, धार्मिक, कृषि उत्पाद, शैक्षिक तथा पर्यटकिय क्षेत्रको रुपमा बलेवा क्षेत्रले विशिष्ट पहिचान बनाएको छ ।बाइसे चौविसे राजाका पालामा वि.सं. १७७९ तिर बलेवाको अग्लो डाडा अहिलेको भैरबस्थान मन्दिर रहेको डाडामा ढुङ्गाको पत्थरमा बत्ति बलेर उज्यालो भएकाले स्थानिय जम्मा भई लामा बोलाएर पुजा गर्दा म कालभैरवको कान्छो भाई हो भनी बकेकाले स्थानियले कालभैरवको मन्दिर स्थापना गरी पूजा… पुरा पढौ

पर्यटकिय गन्तव्य भिरलाखुरी भ्यू प्वाइन्ट जाउं…………

बागलुङ नगरपालिका वडा नं.६ स्थित भिरलाखुरीमा रहेको भ्यू प्वाइन्टको प्रबद्र्धन तथा प्रचार प्रसारका लागि स्थानिय समुदायहरुले सक्रियता बढाएका छन । भिरलाखुरी महिला समूहको आयोजना तथा बानपा ६ वडा कार्यालयको समन्वयमा बागलुङ बजारदेखि पदयात्रा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।कलाकार तथा पर्यटन अभियन्ता रामजी नेपाली, संचारकर्मि, समाजसेवी, स्थानीय जनप्रतिनिधी सहितका स्थानीयहरुको सहभागितामा सो पद यात्रा सम्पन्न भएको थियो । भिरलाखुरीको भ्यू प्वाइन्टदेखि देखिने बागलुङ बजार सहितको रमणीय परिदृश्यले तेहा जानेहरु निकै रमाउने गरेको सो वडाकी सदस्य शान्ता नेपाली बताउनु हुन्छ ।… पुरा पढौ

बलेवाका जनतालाई भाद्रभर बन्जीपुलमा निःशुल्क यात्राको सुविधा

बागलुङ नगरपालिका वडा नं.११ भकुण्डे स्थित एक्लेसालको गलुवामा बर्षाका कारण मोटरबाटो अवरुद्ध हुने क्रम बढेकाले बलेवाबाट यात्रा गर्ने नगरबासीहरुलाई बन्जीपुलबाट आवत जावतको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का र बलेवा–कुश्मा बन्जी द क्लिफ प्रा.लिका संचालक राजु कार्किसंगको वार्तापछी भाद्र महिना भर बानपा वडा नं.१२,१३ र १४ का नगरबासीहरुले नागरिकता वा परिचय पत्र देखाएर निःशुल्क आवत जावत गर्न पाउने व्यवस्था मिलाइएको हो ।बर्षाका कारण गलुवाको पहिरोमा हरेक दिन जसो डोजर लगाउनु पर्ने अवस्था आयो, पानी निरन्तर… पुरा पढौ

पञ्चकोटमा विशाल धान्याचल सहितको ब्रह्रमाण्डीय महायज्ञको तयारी

प्रसिद्ध पर्यटकिय क्षेत्र बागलुङ नगरपालिका स्थित वडा नं. ६ मा अवस्थित सर्वसिद्धिधाम, पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म नेपालमै पहिलोपटक अभूतपूर्व धान्याचल सहित अनन्तश्री ब्रह्रमाण्डीय महायज्ञ २०८० हुने भएको छ । सो अवसरमा धन्याचलको मौलो जमिनमुनि ६ फिट र जमिनमाथि २५ फिटको हुने छ । उक्त मौलो श्रीपञ्चमहालक्ष्मीको प्रतिकस्वरुप भएकाले त्यसलाई पञ्चश्रीस्तम्भ भनिएको र उक्त मौलो पुर्नका लागि करिव २१ हजार ५ सय ५५ क्विन्टल धान लाग्ने आयोजकले अनुमान गरेको छ । यसरी बृहत रुपमा संचालन हुन लागेको धान्याचल… पुरा पढौ